arrow

बजाजको नयाँ शोरुम अब फिदिममा

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
bajaj-phidim-showroom.jpg

काठमाडौँ। नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “समृद्धि एण्ड ब्रदर्स प्रालि” को उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम सञ्चालनमा ल्याएको छ। यस उद्देश्यलाई सार्थक बनाउन “समृद्धि एण्ड ब्रदर्स प्रा. लि फिदिमका प्रोप्राइटर सञ्जीव जोशीलाई डिलर सीप प्रदान गरिएको छ।

बजाज ग्राहकहरूले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको छ। नयाँ शोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्‍याउने प्रयास गरिरहेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।

फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उहाँहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ