arrow

भीमदत्त राजमार्ग सुचारु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
sudurpachhim-pradesh.jpg

डोटी। गएरातिको वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता रवीन्द्र चन्दका अनुसार डोटी र डडेलधुराको सीमा क्षेत्र गैरा नजिक पहिरो जाँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्र पहाडी राजमार्ग  अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले सञ्चालन भएको प्रहरी चौकी घण्टेश्वर गैराले जनाएको छ । दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेका स्थानीयवासी मोतीसिंह बमले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ