arrow

भारतको सहयोगमा निर्मित‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’को उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
deuba and india imm.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा शनिबार ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

जेष्ठ नागरिकहरुका लागि यो भवन एक नमुना बृद्धाश्रमका रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक र अपाङ्गमैत्री संरचनाहरुको सुविधा सहित निर्माण गरिएको छ ।  भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु  छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप भवनको निर्माण भारत सरकारको नेपाली ५ करोड रुपैंयाँको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्मााण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै राजदूत क्वात्राले दुई देश बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको र परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्ने बताउँदै उनले ज्यापु समाजलाई धन्यवाद दिदै नेपाली समाजमा ज्यापु समाजले पुर्‍याएको योगदानको कदर गरे ।

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ