arrow

विमलेन्द्र निधी लागे आम निर्वाचनको प्रचारमा, संविधानको रक्षार्थ कांग्रेसलाई जिताउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
congress-janasamparka-samit.jpg

मुम्बई । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयन गर्न आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउन जनसम्पर्क समितिका सदस्यहरुलाई आह्वान गरेका छन् ।
 
नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा शनिबार आयोजित भेटघाट कार्यक्रममा उपस्थित जनसम्पर्क समितिका सदस्यहरुसँग कांग्रेस उपसभापति निधिले यस्तो आह्वान गरेका हुन् । वीपी कोइरालाले नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि समर्थन जुटाउन बम्बईमा नेपाली जनसम्पर्क समिति स्थापना गरेको गौरवमय इतिहास भएको स्मरण गर्दै  निधीले आगामी चुनावमा  रुख चिन्हलाई विजयी गराउन अहिलेदेखि नै  आ–आफ्नो  जिल्ला र गाउँमा सम्पर्क गरी सक्रिय हुन सबैसँग अपील गरे । 

उनले गत निर्वाचनमा संघीय लोकतान्त्रिक प्रणालीप्रति इमान्दार नभएको नेकपाले जितेका कारण मुलुकमा भाँडभैलो मच्चिएको उल्लेख गर्दै संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्बाचनमा रुख चिन्हमा मतदान गर्नुपर्ने उल्लेख गरे । प्रवासी नेपालीहरुको हकहितको लागि नेपाली कांग्रेसले सधैं साथ दिँदै आएको र भविश्यमा पनि साथमै रहने उनले आश्वस्त बनाए । 

कार्यक्रममा निधीले जनसम्पर्क कार्यालयको जग्गा सम्बन्धी मुद्धामा सहयोग गरिदिन कार्यक्रममा सहभागी महाराष्ट्रका राष्ट्रवादी कांग्रेसका सचिव बृजेश त्रिपाठीसँग आग्रह गरे । निधीको सो आग्रहपछि राष्टवादी कांग्रेसका सचिव त्रिपाठीले जनसम्पर्क समितिको जग्गा बिबाद सम्बन्धी मुद्धामा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ