arrow

कठोर वचन

logo
बुद्ध,
प्रकाशित २०७८ भदौ ८ मंगलबार
buddhaj.jpg

एक पटक गौतम बुद्धलाई अभय राजकुमारले सोधे - के श्रमण गौतमले कहिल्यै कठोर बचन बोल्छन्?

उनले सोचेका थिए यदि गौतम बुद्धले होइन भने भने एक पटक उनले देवदत्तलाई नर्क जाने वाला भनेका थिए,  यदि हो भने, जब तपाईँ आफैँलाई कठोर शब्दहरू प्रयोग गर्नबाट रोक्न सक्नुहुन्न भने तपाईँ अरूलाई कसरी उपदेश दिन सक्नुहुन्छ? भन्ने तयारीमा थिए ।  

बुद्धले अभयको प्रश्नको अर्थ बुझे। उनले भने, यसको जवाफ न त हो मा, न त होइन मा दिन सकिन्छ। अभयको काखमा एउटा सानो बालक थियो। उसलाई औँल्याएर बुद्धले सोधे, 'राजकुमार, यदि यो बच्चाले अनजानमा आफ्नो मुखमा एउटा काठको टुक्रा राख्यो भने तपाई के गर्नुहुन्छ?'

'म त्यसलाई बाहिर निकाल्ने कोसिस गर्छु।'
' यदि त्यो सजिलै बाहिर निस्कन सकेन भने ?'
'तब देब्रे हातले उसको टाउको समातेर, दाहिने हातको औँलालाई बाङ्गो गरेर त्यसलाई बाहिर निकाल्छु।'
'यदि रगत बग्न थाल्यो भने?'
'तब पनि  मेरो प्रयास हुनेछ कि कुनै न कुनै रूपमा त्यो काठको टुक्रा बाहिर निकाल्ने।'
'यस्तो किन ?'
'किनकि भन्ते, उसप्रति मलाई दया छ।'

'राजकुमार, ठिक यसै प्रकार तथागतले जुन बचनको बारेमा जान्दछन् की यो मिथ्या वा अनर्थकारी हो त्यसले अर्काको हृदयमा ठेस पुग्दछ तब उनले कहिले उच्चारण गर्दैन ।  तर यसै प्रकारले जुन वचन उनलाई सत्य र हितकारी लाग्छ र अरूलाई प्रिय लाग्छन् त्यसको उसले सदैव उच्चारण गर्दछन् । 

यसको कारण तथागतको मनमा सबै प्राणीहरू प्रति दया र करुणा हुन्छ।



नयाँ