arrow

मन्त्रीमण्डललाई पूर्णता दिन सोमबार बिहान सत्ता गठबन्धनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं। प्रधानमन्त्री देउवाले सरकार विस्तार र गठबन्धनलाईथप प्रभावकारीबनाउने कार्यलाई रफ्तार दिएका छन्। आइतबार बिहान र बेलुका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

बिहानको बैठकमा मन्त्रिमण्डललाई पूर्णता दिने लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। उक्त बैठक पछि बसेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ ।

त्यसैगरि जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयलाई प्राथमिकतामा राख्दै आवश्यक छलफल शुरु गरेको छ। समाजवादीमा मन्त्री छान्ने विषयमा गहन छलफल भइरहेको छ।  जसपा उच्च स्रोतका अनुसार यस पटक अध्यक्ष यादवले जसपाबाट सरकारमा प्रतिनिधित्व गर्नेहरूमा यादव समुदायबाट ३ जना र गैर यादव समुदायबाट ३ जना लग्ने सोच बनाएका छन् ।

आइतबार साँझको छलफलका आधारमा सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । सो बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । 

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ