arrow

मापसेले लियो ज्यानः घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
fire-final_1618024271.jpeg

लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको सोमबार राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । 

उनले भने, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०–१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।” 

 ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् । 

प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्व गोरखा सैनिक रहेका स्थानीयको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ