arrow

सुदूरपश्चिम : थप ३५ जनामा संक्रमण, ४० संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप ३५ जनामा  कोरोना भाइरस संक्रमण देखिएको छ । पीसीआर र एन्टीजेन विधिमार्फत गरी  प्रदेशभर ९७२ जनाको नमूना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२३ जनाको नमूना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा दुई जना र डडेल्धुरा अस्पतालमा १३ को नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टीजेन विधिमार्फत गरेको परीक्षणमा कञ्चनपुरका तीन, बाजुरा, डडेल्धुराका दुई-दुई र डोटीमा एक जनामा संक्रमण देखिएको हो । यसैबीच उक्त अवधिमा प्रदेशभर ४० जना संक्रमणमुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ