arrow

इङ्गल्याण्डलाई अर्को सफलता, २०–२० मा पनि अग्रता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
388557837.jpeg
एजेन्सी । युएई भ्रमणमा रहेको इङ्गल्याण्डले पाकिस्तानविरुद्धको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा विजयी सुरुआत गरेको छ । तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंखलामा पहिलो खेल १४ रनले जित्दै इङ्गल्याण्डले विजयी सुरुआत गरेको हो । 
 
विहिबार राति दुबईमा भएको खेलमा एक सय ६१ रनको चुनौती पछ्याएको पाकिस्तान एक सय ४६ रनमै समेटिएपछि इङ्गल्याण्ड विजयी भएको छ । यसअघि इङ्गल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । इङ्गल्याण्डलाई विजयी गराउन उपकप्तान साम बिलिङ्गसको ५३ रन महत्वपूर्ण रहयो । 
 
कप्तान इओन मोर्गनले ४५ तथा जेम्स भिन्चीले ४१ रनको योगदान दिए । यसअघि चार खेलको एक दिवसीय श्रृंखला ३–१ ले कब्जा गरिसकेको इङ्गल्याण्डले तीन खेलको ट्वेन्टी–टवेन्टी श्रृंखलामा समेत १–० को अग्रता लिएको छ । पाकिस्तानी बलिङ र व्याटिङ दुबै खस्कीएको छ । यी दुईबीचको दोस्रो ट्वेन्टी–ट्वेन्टी शुक्रबार हुँदैछ ।
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ