arrow

सुदूरपश्चिमका थप तीन एमाले सांसदले एकीकृत समाजवादीमा गरे सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
sudurpashcim-pradesh-shabha.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित थप तीन प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आइतबार सनाखत गरेका छन् । 
 
एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहेका दीर्घ बहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारालामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । 
 
सोडारी र तामाङ क्रमशः नेकपा एमाले कैलाली र कञ्चनपुरको अध्यक्ष थिए । योसँगै नेकपा एकीकृत समाजवादीमा सनाखत गराउने एमाले प्रदेशसभा सदस्य १३ जना पुगेका छन् । प्रदेशसभामा अब नेकपा एमाले १२ जनामा सीमित भएको छ । प्रदेशसभामा सभामुखसहित २५ जना सदस्यसहित एमाले सबैभन्दा ठुलो दल थियो । 
 
प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् । प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् । 

यसअघि नेकपा (एमाले)का प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला तथा मन्त्रीसन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्य मन्त्री द्वय चुनकुमारी चौधरी र मनाकुमारी साउद, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए ।
 
आन्तरिक मामिला तथा मन्त्रीसन्त्री जोशी र पूर्व मन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य हुन् । सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ