देउवाले नेविसङ्घको महामन्त्रीमा यादवलाई गरे नियुक्त
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
902
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन्।
काँग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई आइतबार सङ्घको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।