arrow

तनहुँमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
Tanahu-hamrakura.jpg.jpeg

पोखरा । तनहुँमा ट्याक्टर पल्टिदा एक युवकको ज्यान गएको छ ।  मृत्यु हुनेमा ट्याक्टर चालक तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. २ पौवाका वर्ष २३ का सुदीप कपाली रहेका छन् ।

सो दुर्घटनामा सहचालक वर्ष ३५ का माधव विक घाइते भएको र उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गए राति १०:३० बजे तनहुँ बन्दीपुर गाउँपालिका-१ स्याउली चिसापानीस्थित डुम्रे-बन्दीपुर सडक खण्डमा ग१त ३११६ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ