arrow

बेलायतमा संक्रमित थपिने क्रम बढ्यो 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ २१ सोमबार
corona-test-england.jpg

लन्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।

यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना संक्रमित पुगेका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा संक्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । 

यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ