arrow

सुदूरपश्चिम : थप ४३ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिममा प्रदेशमा आज थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट प्रदेशभर ९४७ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २० जना, डडेल्धुरा अस्पतालमा चार, महाकाली अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक-एक जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरका ११, डडेल्धुराका तीन, बझाङका दुई र कैलालीका जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।  

यसैबीच गएको २४ घण्टामा संक्रमणका कारण यस प्रदेशमा एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर सात जना संक्रमणमुक्त भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ