arrow

एमसीसी विरुद्ध प्रदर्शन 

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
mcc-birodh-.JPG

डडेलधुरा । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रधानमन्त्रीको जिल्ला डडेलधुरामा विरोध प्रदर्शन भएको छ । 

सामाजिक अभियान स्वरूप राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी नेपालको हितमा छैन जस्ता नाराहरू घन्काउँदै बोलन्या थली र अनेरास्वबियुको अगुवाइमा सदरमुकाममा र्‍याली गरिएको हो ।
 
सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ । 

एमसीसीका बारेमा परस्पर विरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालमा रहेका छन् ।  टोली नेपाल आएसँगै सत्तारुढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ