arrow

प्रशासन लगाएर गरिएको अधिवेशनले लोकतान्त्रिक मर्यादाको खिल्ली उडायो – अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
arjun-narasingh-kc-2021.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १३ औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले पार्टी नेतृत्वले अहिले क्रियाशील सदस्यता विवादमा गरेको जवरजस्तीप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले जबरजस्ती देशको संविधान र पार्टीको विधानको सीमा तोडिँदा लोकतान्त्रिक मर्यादा र परम्पराको खिल्ली उडाएको बताएका छन् । 

सामाजिक संजाल फेसबुकमा आफ्नो असन्तुष्टि पोख्दै नेता केसीले प्रशासनिक शक्ति लगाएर गरिएको एकपक्षीय वडा अधिवेशनले लोकतान्त्रिक मर्यादा र परम्पराको खिल्ली उडाएकोसमेत बताएका छन् । 

डडेलधुरा जिल्ला सभापति र कार्यसमितिकै सहभागीता र सहमति बिना पार्टी सभापतिले दिएको वचन विपरीत प्रशासनिक शक्ति प्रयोग गरी एक पक्षीय रुपबाट गरिएको वडा अधिवेशनले लोकतान्त्रिक मर्यादा र परम्पराको खिल्ली उडाएको बताएका हुन् । 

उनले अहिलेसम्म २० जिल्लाको क्रियाशील सदस्यता नै नभएको भन्दै अहिलेसम्मको कांग्रेसको इतिहासमा एकैचोटी अधिवेशन गरिने परम्परा र इतिहास तोडिएको भन्दै नेतृत्वप्रति गम्भीर आपत्तिसमेत प्रकट गरेका छन् । 

नेता केसीले क्रियाशील सदस्यहरु माथिबाट तोकेर पठाइनुले लोकतन्त्रको भद्दा मजाक गरेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको विधान ४ ले  प्रत्येक क्रियाशील सदस्यको प्रवेशविन्दू वडाबाट हुने स्पष्ट छ । त्यस्तोमा वडाबाट प्रस्तापित  भइ आएकोमा विवाद नभए सोही अनुसार र  विवादित भए विवादित पक्षको सहमतिअनुसार गर्ने, त्यो पनि नभए पुरानो  १३ औं अधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन हुने र विवादमा परेको नामावली प्रकृया पुर्याएर पछि दिने  निर्णय केन्द्रीय  कार्यसमितिबाट हुँदाहुँदै यस विपरीत वडा अधिवेशन शुरु गरियो  ।’

उनले अगाडि लेखेका छन्, ‘१४ औं अधिवेशनमा लिएका नयाँ क्रियाशील सदस्यहरुलाईसमेत  पहिला उम्मेदवार उठेको भनेर उजुर गर्ने र कारबाहीको लागि दबाब दिने कार्य हुँदैछ यसले अन्य पार्टीबाट नयाँ आएकाहरुको निमित्त हरेक ठाउँमा असर पर्छ  कि पर्दैन ? यो परम्परा अन्यत्र लागु हुन्छ कि हुँदैन ?’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ