arrow

दीपेन्द्र सिंह ऐरी घाइते, नेपाली टोलीलाई झड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
dipendra.jpeg
फाइल तस्विर

काठमाडौं। नेपाली पुरुष क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी घाइते भई टोलीबाट बाहिरिएका छन्। उनलाई दाहिने गोडाको 'एंकल ईन्जुरी' भएको बताइएको छ। ओमानमा क्रिकेट वल्ड सिरिज लिग २का लागि रहेको नेपाली टोलीलाई धक्का पुगेको छ। 

नेपाली टोलीका भरपर्दा खेलाडी दिपेन्द्रले दुई हप्ता पूर्ण आराम गर्नु पर्ने सल्लाह दिइएको छ। दुई हप्ता पछि उनको स्थिति हेरेर उनलाई थप उपचार शुरु गरिने बताइएको छ। 

नेपाल क्रिकेट सङ्घले आफ्नो सामाजिक संजाल फेसबुकमा दीपेन्द्रको अवस्था बारे जानकारी दिएको हो। 

नेपालले ओमानमा त्रिकोणीय श्रृखंला खेल्नेछ। नेपाल, ओमान र अमेरिकाबीच हुने श्रृंखला दीपेन्द्र गुमाउने भएका हुन्। उनको अनुपस्थितिले नेपालको मध्यक्रमको ब्याटिङमा असर पर्नेछ। दीपेन्द्र नेपाली टोलीका भरपर्दा मध्य क्रमका ब्याट्सम्यान हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ