arrow

नाकाबन्दी फिर्ता लिए माग सम्बोधन हुन्छ : नेम्वाङ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1784576311.jpeg
इलाम । पूर्वसभामुख सुवास नेम्वाङले नाकाबन्दी फिर्ता लिएर आए मधेसकेन्द्रित दलको माग सम्वोधन हुने बताउनुभएको छ । नेकपा (एमाले) इलामद्वारा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता नेम्वाङले मधेसकेन्द्रित दललाई सङ्केत गर्दै पहिले नाकाबन्दी फिर्ता लिएर देशलाई सहजतातर्फ उन्मुख हुन दिनुस्, तपार्इंहरूको माग सम्बोधन हुन्छ भन्नुभयो । 
 
“पहिले संविधान स्वीकार गरेर प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्न चाहिँ आउने तर अहिले हामी संविधान मान्दैनौँ भनेर आन्दोलन र नाकाबन्दी गर्ने यो कुनै तर्क हुन्छ ?” तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले प्रश्न गर्दै भन्नुभयो, “तपाईंहरूलाई चित्त नबुझेको छ भने संविधान संशोधन गरेर अघि बढौँ, समस्या समाधान हुन्छ ।” 
 
नेपालको आन्तरिक मामलामा छिमेकीले पनि धेरै चासो राख्नु ठीक हुँदैन भन्दै उहाँले अहिलेको समस्यामा हस्तक्षेप नगर्न छिमेकी राष्ट्रलाई आग्रह गर्नुभयो । लामो समयदेखि संविधान निर्माणमा खटेकाले अब आफू विकास निर्माण र जनताको सेवा गर्न चाहेको उहाँको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ