arrow

नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु, २४ घाइतेमध्ये तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
accident-final_1618120153.jpg

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार बिहान ठोक्किएको थियो ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी  ट्रकका चालकसमेत घाइते भएका छन् ।

घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ