arrow

प्रहरी र महासङ्घमाथि शङ्कै शङ्का

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ भदौ २९ मंगलबार
nepal-police12.jpg

रौतहट । रौतहटमा पत्रकार फसाउन पत्रकार नै लागेको प्रहरीले सार्वजनिक गरिसकेको अवस्थामा हालसम्म कारबाही हुन सकेको छैन । आजतक नेपाल अनलाइन सञ्चालक सञ्जय सहनशीले रौतहट एक्सप्रेस अनलाइन सञ्चालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी दिएको करिब एक महिना पुग्न लागेको छ ।

गत साउन ३२ गते लागु औषध नाईट्राभेट ट्याब्लेट १०५ थान मोटरसाइकलमा राखिएको अवस्थामा प्रहरीद्वारा मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रौतहटका सह–सचिव समेत रहेका सञ्जय सहनीद्वारा जिल्ला रौतहट माधवनारायण न.पा.वडा नं. १ बस्ने वर्ष २४ को धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ को जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा राख्न लगाई प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको थियो ।

सहनशीले लागु औषध नाईट्रभेट राख्न धिरज यादव र जितेश कुमार यादवलाई प्रयोग गरेर आफ्नै सहकर्मी फसाउने षड्यन्त्र आजतक नेपाल अनलाइनको अफिसमा बसेर बनाएको र आफैले लागु औषध ल्याएर मोजिबुल्लाहको मोटरसाइकलमा राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले सार्वजनिक गरेको भए पनि हालसम्म सहनीलाई पक्राउ नगरिनुले रौतहट प्रहरीमाथि फेरी प्रश्न उठेको रौतहट पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र साहले आरोप लगाए । 

आपराधिक षडयन्त्र लागु औषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट दिन ०७ को मिलान म्याद लिई तथा गैर व्यवसायीक कार्य गर्ने असई उदय प्रसाद यादव र प्र.ज.मनोज साह कानुलाई निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान भइरहेको जनाएको छ भने आफ्नै सहकर्मी फसाउन खोज्ने सहनीको खोजिकार्य भई रहेको बताउने रौतहट प्रहरीले हालसम्म सहनीलाई पक्राउ नगर्नु र केन्द्रबाट आएको छानबिन टोलीले समेत प्रतिवेदन सार्वजनिक नगर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । 

उता नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले भदौ ५ गते नै नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाण्डौलाई रौतहट शाखाका सहसचिव समेत रहेका सहनीलाई साधारण सदस्य समेत नरहने गरी लेखेको कारबाहीको पत्रमा कारबाही नहुनुले महासङ्घको निष्पक्षता माथि नै प्रश्न खडा भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ