arrow

सुदूरपश्चिममा सङ्क्रमण बढ्यो, एकै दिन ७० जनामा पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । आज यहाँ थप ७० मा सङ्क्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मङ्गलवार तेब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा सङ्क्रमण देखिएको थियो ।  

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार २२ जनाको नमूना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत ४१ र एन्टीजेन विधिमार्फत २९ मा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच/पाँच, महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ, कैलाली बाजुरा र बझाङका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ