arrow

सुदूरपश्चिममा संक्रमणबाट ५ सय ८८ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
sudurpashchim-corona-1619919718.jpg

डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यहाँका नागरिकले त्यसको वास्ता नगर्दा कोरोना जोखिम बढ्दै गएको निर्देशनालयको आँकलन छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए । उनले भने, “कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ ।” 

पछिल्लो समय सुदूरपश्चिममा चाडपर्व तथा मेला निर्वाधरुपमा सञ्चालन भइरहेका र ती मेला पर्वमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेका कारण पनि यहाँ कोरोना जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ