arrow

लोकसेवा आयोगले रिजल्ट रोके पछि आयोग कार्यालयमै धर्ना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज ४ सोमबार
loksewa-aayog-psc.jpg
फाइल तस्बिर

काठमाडौँ। लोकसेवा आयोगका सबै चरणका परीक्षा प्रक्रिया पूरा गरेर अन्तरिम रिजल्ट आउने बेला रिजल्ट स्थगित गरे पछि प्रशासन सेवाका शाखा अधिकृत पदका उम्मेदवारहरू आन्दोलित भएका छन्।

उनीहरूले सोमबार देखि काठमाडौँको माइतीघर मण्डला र लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन्। यस्तो धर्ना कार्यक्रम ३ दिनसम्म जारी रहने र  ३ दिन पछि थप कडा आन्दोलन सुरु गरिने धर्नामा बसेका परीक्षार्थीहरू बत्ताउँछन्। आयोगले भने सर्वोच्चको अन्तरिम आदेशको कारण परीक्षा स्थगित गर्नु परेको जनाएको छ।

२०७६ चैतमा आयोगले ३ सय ९१ दरबन्दीमा  प्रशासन सेवाका शाखा अधिकृत पदमा विज्ञापन खुलाएका थियो। त्यसपछि आयोगको विभिन्न चरणका परीक्षा पूरा गर्दै ६ सय ३१ जना युवाले भदौ १५ गतेसम्म सबै चरणका परीक्षा पूरा गरे। तर अन्तिम परिणाम आउने बेला आयोगले सूचना निकाली परीक्षाका परिणाम स्थगित भएको जानकारी गरायो।

यसबाट सबै परीक्षा दिएर अन्तिम परिणाम पर्खेर बसेका ६ सय ३१ जना युवा आन्दोलित भएका छन्। शाखा अधिकृत पदममा मात्र नभई, नायब सुब्बा, उपसचिव, इञ्जियिनर, लगायतका विभिन्न पदमा विभिन्न चरणका परीक्षा प्रक्रिया पूरा गरेर परिणाम पर्खेर बसेका अन्य हजारौँ युवा तनावमा परेका छन्। 

आयोगका प्रवक्ता तोयानाराण सुबेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा विभिन्न चरणमा लिइएका परीक्षाको परिणाम रोक्नु परेको बताए।

२०७५ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले समायोजन गरी स्थानीय तहमा खटाइएका कर्मचारी मध्ये केही कर्मचारीले आफूलाई अन्यायपूर्वक स्थानीय तहमा खटाएको दाबी गर्दै पुन सङ्घमा फर्काउन माग गरी सर्वोच्चमा रिट दायर गरे। त्यसरी सर्वोच्चमा रिट दायर गर्ने कर्मचारीको हकमा सर्वोच्चले पूर्ण आदेश नभएसम्म स्थानीय तहमा नपठाउन र नयाँ भर्ना प्रक्रिया नलिन सरकार र आयोगलाई विपक्षी बनाइ अन्तरिम आदेश दिएको छ।

सर्वोच्चमा रिट दायर गरेका विभिन्न व्यक्तिको हकमा अहिलेसम्म २० पटक भन्दा बढी सर्वोच्च यस्तो आदेश जारी गरेको। सर्वोच्चको आदेश पछि आयोगले सुरु गरेको सबै चरणका परीक्षा प्रक्रिया स्थगित गरिएको छ। यसबाट मर्कामा आयोगको विभिन्न चरणको परीक्षा दिएर परिणाम पर्खेर बसेका युवा परेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ