arrow

ओमान भ्रमण: युवा खेलाडीहरूको राम्रो प्रदर्शनले नेपालको स्थान सुधार

युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तारै टोलीमा देखिन थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
Cricket-Nepal-oman.jpg
फाइल तस्विर।

काठमाडौं। ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आज स्वदेश फर्किएको हो । नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पार्‍यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए । युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तारै टोलीमा देखिन थालेको बताए ।

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको बताए । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाइमा टोलीमा राम्रो छाप पारे पनि दीर्घकालीन योजन अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले तर्क राखे ।

खेलका ८ खेल मध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिदा नेपाली युवा खेलाडीको प्रदर्शन तारिफ योग्य रह्यो । यस अघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन नेपाली टोली गर्न सफल भयो । कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङलाई सम्हालेका थिए । जसमा दुवै ब्याट्सम्यानले व्यक्तिगत करियरमा भ्रमण सार्थक बनाउन सफल भए । ओपनिङ मध्येका युवा ब्याट्सम्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए ।

यस्तै राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम शोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए । विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट  निकाल्न सफल भएका थिए । व्यक्तिगत खेललार्ई निर्खानका लागि अझै मिहिनेत गर्नु पर्ने उनले बताए ।

बिक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्ध शतक पनि पूरा गरेका छन् । चार अर्ध शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले पहिलो विकेट आफ्नो नाममा पनि लेखाए । त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले ओमान रहँदा पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज क्लिन स्विप गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ