arrow

सुदूरपश्चिममा परीक्षणकालीन लाइसेन्स वितरण सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
Smart-Card-Driving-License-300x186.jpg.jpeg
फाइल तस्विर।

धनगढी। यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । 

सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमति पत्र वितरण भएदेखि अनुमति पत्रका लागी १ वर्षसम्म कुर्नुपर्ने बाध्यता थियो । अब परीक्षणकालीन अनुमत पत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षण काल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए । उनले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।

उनले भने, ‘सेवाग्राहीबाट लाइसेन्स ढिला आउने, क्वालिटीको नआउने जस्ता धेरै नै गुनासो आएको थियो, अब त्यो गुनसो हामी कम गर्दै जानेछौँ,हामी परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षीय परीक्षण लाइसेन्स दिनेछौँ, सवारी चालक अनुमति पत्र लिनुभएकाहरुले एक वर्ष भित्र ५ वटा मिस्टेक भन्दा बढी गर्नुभयो भने लाइसेन्स खारेज हुन्छ, गल्ती गर्नुभएन भने स्मार्ट लाइसेन्स दिनेछौँ ।’

चालक अनुमति पत्र वितरण सुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ । परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै अब सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ