arrow

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
dead2.jpg

पोखरा । मोटरसाइकलको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ब्यास नगरपालिका वडा नं. १२ देउरालीकी ७२ वर्षकी चेतकुमारी जैशी रहेकी छन् ।

आज बिहान ६ बजे पृथ्वीराज मार्गमा छिर्कनेबाट दमौलीतर्फ गइरहेको गरेको ग १६ प १६७७ नं.को मोटरसाइकलले ठक्कर दिँदा जैशी गम्भीर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनको तनहुँको रत्नहरि अस्पतालका उपचारको क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ