arrow

सुदूरपश्चिममा ३३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९८९ को नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पच्चिस जनामा आरटी पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा चार, डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली, डोटी र अछाममा  एक-एक जनामा संक्रमण देखिएको हो ।  

यस्तै सो अवधिमा प्रदेशभर १७ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा २१ जना संक्रमणमुक्त भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ