arrow

सागरको उत्कृष्ट बलिङ र राजेश एवं कमलको सम्हालिएको ब्याटिङले चितवन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
EPL-KTM-CTW.jpg
तस्विर साभार: एभरेष्ट प्रिमियर लिग (फेसबुक)

काठमाडौं। चितवन टाइगर्सले काठमाडौं किङग्स ११लाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो लगातार दोस्रो जित हासिल गरेको छ। यो जितसँगै चितवन अङ्क तालिकामा ४ अङ्कका साथ पहिलो स्थानमा उक्लेको छ। 

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको ९औं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। काठमाडौंका सुवास खकुरेलले ३५ रन बनाएका थिए । उनले ३४ बल खेल्दै २ छक्का र २ चौका प्रहार गरेका थिए। 

त्यसैगरि राजु रिजालले २८ र जनक प्रकाशले २६ रनको योगदान दिएका थिए। चितवनका सागर ढकालले ४ विकेट लिएका थिए । ढकालले ४ ओभरमा २१ रन खर्चेका थिए। त्यसैगरि करिम जनतले २ विकेट हात पारेका थिए। 

१ सय ४२ रनको लक्ष्य पछ्याएको चितवनको सुरुवाती र मध्यक्रम चल्न सकेन । पछिल्लो क्रममा ब्याटिङ गर्न आएका राजेश पुलामी र कमलसिंह ऐरीको सुझबुझ एवं आक्रमक ब्याटिङले चितवनलाई विजयी बनायो। दुवै ब्याट्सम्यानहरू आउट भएनन्। पुलामीले २९ बलमा २ छक्का मदतले २६ रन बनाएका थिए भने ऐरीले १५ बलमा २ छक्का र १ चौका मदतले २३ रन बनाएका थिए। 

अन्य ब्याट्सम्यानहरूमा दिलीप नाथले २३ रन बनाएका थिए भने करिम जनतले २१ रनको योगदान गरेका थिए। काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले २-२ विकेट लिएका थिए।  खेलका प्लेयर अफ म्याच सागर ढकाल घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ