arrow

दाङबाट खसी बोका काठमाडौँ पठाइँदै

logo
रासस,
प्रकाशित २०७८ असोज १५ शुक्रबार
Chyangra_Khasi_Dashain.jpg

दाङ । यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी-बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी-बोका पठाउन लागेको हो । 

खसी-बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । “कर्मचारी खसी-बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २०० खसी-बोका काठमाडौँ पठाउँछौँ”, उनले भने । पहिलो चरणमा ६०० र दोस्रो चरणमा ४०० खसी-बोका काठमाडौँ पठाउन लागिएको हो । 

कर्मचारीले गाउँगाउँमा खसी-बोका खोज्न पुगेपछि किसान खुसी भएका छन् । दङ्गीशरण गाउँपालिका-५ की ५७ वर्षीया सावित्रा अधिकारीले भनिन्, “खसी बेचेर दसैँको खर्चको जोहो गरिने भयो ।” कार्यालयले बाँकी खसी-बोका देउखुरी क्षेत्रबाट खरिद गर्ने जनाएको छ । देउखुरीमा सहकारीमार्फत किसानले खसी-बोका पाल्दै आएका छन् ।

जीउँदो खसी-बोकाको मूल्य निर्धारण गरिएको को छ । पच्चिस किलोभन्दा बढीको जीउँदो खसीको मूल्य प्रतिकिलो रु ५६५, २० देखि २५ किलोलाई रु ५५० र बोकाको रु ५४५ प्रतिकिलो निर्धारण गरिएको चौधरीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले बिहीबार मूल्य निर्धारण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ