arrow

करेन्ट लागेर जङ्गली हात्तीको नाइके मर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
ele-makuna.JPG

कोशी । जङ्गली हात्तीको नाइके कुनाकरेण्ट लागेर मरेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउको धानवारिमा लगाइएको करेन्टमा मकुना हत्ती मरेको हो । 

मकुना जङ्गली हात्ती भए पनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रूपमा समेत रहेको थियो । आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गर्थ्यो ।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरी तर्फका दर्जन बढीको ज्यान लिएको थियो । 

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आइतबार बिहान मृत भेटिएको थियो ।   आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठुलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ