- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजविराज । लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने बताएका छन् ।
मधेस भ्रमणमा रहेका अध्यक्ष ठाकुरले मधेस आन्दोलनका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले जनआन्दोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गर्नुपर्ने स्मरण गराए । “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भने ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताए । विचारको आधारमा पार्टी गठन भएको भन्दै उनले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गरे ।