arrow

सुदूरपश्चिम : ३६ जनामा संक्रमण

logo
रासस,
प्रकाशित २०७८ असोज १८ सोमबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा सोमवार ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो ।

छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको हो । 

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई÷दुई र बैतडीका एक जनामा संक्रमण देखिएको हो । 

गएको २४ घण्टामा प्रदेशभर २९ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा १५ जनामा संक्रमणको पुष्टि हुँदा २९ जना निको भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ