जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी
सिन्ह्वा
प्रकाशित २०७८ असोज १८ सोमबार
582
Shares
टोकियो। जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन्। उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।
उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गरेको जनाइएको छ। जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ। त्यसैले उनले जिम्मेवारी सम्हाल्ने बित्तिकै निर्वाचनको तयारीमा लागेका हुन्।
निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बताएको जनाइएको छ।
प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन्।