arrow

कार र बस ठोकिँदा १२ घाइते, ६ को अवस्था गम्भीर

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
97700558.jpeg
कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासस्थित विनयी खोला पुलमा शुक्रबार दिउँसो कार र बस आपसमा ठोकिँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । 
 
पश्चिमबाट पूर्वतर्फ गइरहेको विवाहको लु १ ख ८९६६ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको  बा ९ च ७१७५ नम्बरको कार एकआपसमा ठोकिँदा  बुटवल–१९ का २२ वर्षीय सागर ज्ञवाली, सोही ठाउँका ४५ वर्षीय टीकाराम पौडेल, बुटवल–२१ का १९ वर्षीय ललित राना, लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका ३५ वर्षीय कृष्ण ज्ञवाली, रुद्रपुरकी २० वर्षीय सम्झना पौडेल र कपिलवस्तु शिवपुरका रोशन पोखरेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  
 
घाइतेको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेको टाउकामा चोट लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ