arrow

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
violence.png

काठमाडौं। बाँकेमा घरेलु हिंसाद्वारा मारिएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । 

बाँकेमा दुई महिलाहरू नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गरेका हुन्।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुर्व्यवहार गरेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकीना तेलीले बताइन्। 

स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको उनले बताइन् । पीडित परिवारले आफुहरुको माग पुरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ