arrow

सुदूरपश्चिम : थप नौ जना सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
sudurpashchim-corona-1619919718.jpg

वैतडी। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप नौ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ८५२ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

तीन जनामा आरटी पीसीआर र छ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । 

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ