arrow

सुनसरीमा झडप, प्रहरी सहित एक दर्जन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Sunsari-andolan-inaruwa.jpg
तस्विर साभार: सुनसरी ईनरुवा (फेसबुक)

ईनरुवा। प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ।पीडितका आफन्त सहित ठुलो सङ्ख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । 

ढुङ्गा मुडा पश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याँस समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लास नबुझ्ने बताएका छ ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सिसिटिभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरूले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ