- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना भएको छ । आज दिउसो २ः१५ बजे भएको दुर्घटनामा चालक खुशीमान क्षेत्रीसहित आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँच जना पुरुष र एक महिला रहेको बताइन्छ । उनीहरू सबैको शव उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ ।
मृतक सबै दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू रहेको बताइएको छ । उनीहरू काठमाडौँबाट घान्द्रुक घुम्न आएका थिए ।
सो दुर्घटनामा एक महिलाको सकुशल नै उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । उनीहरू सबैको सनाखत हुन भने बाँकी छ ।
पोखरास्थित हरिचोकबाट छुटेको ग१ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार मृतक सबैको शव क्षतविक्षत रहेकाले पहिचान गर्न कठिन छ ।
जिप घान्द्रुकको कलाभीर भन्ने स्थानबाट करिब १५० मिटर तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कलाभीरको सडक निकै अप्ठ्यारो र जोखिमयुक्त छ । जिप उकालो चढ्न नसकी ब्याक भएर खसेको बताइन्छ ।