arrow

बाँके प्रहरीको तस्करी निस्तेज अभियान, दिनहुँ लाखौँको सामग्री बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
banke-police.jpg

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले धमाधम अवैध सामाग्री बरामद अभियानलाई झनै चुस्त पारेको छ ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी बाँके आएयता जिल्ला प्रहरी बाँकेले दिनहुँ लाखौँ रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गर्दै आएको छ । बाँके प्रहरीले दसैँको समयमा हुन सक्ने अवैध तस्करी रोक्न विशेष अभियान नै चलाएको छ । 

तस्करी रोक्न बाँके प्रहरीले विभिन्न नाका तथा तस्करी हुन सक्ने सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । जिल्ला प्रहरी बाँकेको टोलीले तस्करी हुन सक्ने स्थानमै गएर भारतबाट ल्याउँदै गरिएका भन्सार छलीका अवैध सामाग्री बरामद गरेको छ । 

जिल्ला प्रहरी बाँकेका अनुसार नेपालगन्ज १० को पश्चिम तर्फबाट खेतखेतै ल्याउँदै गरिएको ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको जनाएको छ । 

बरामद गरिएको लाखौँ रुपैयाँको लत्ताकपडा लगायत अटो रिक्साका सामाग्री बरामद गरी नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । 

बाँके प्रहरीको दिनहुँ तस्करी निस्तेज अभियान झनै कडा बन्दै गएपछि तस्करहरूको मनोबल खस्किँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ