arrow

मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु : घाइतेको उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
Mugu-hamrakura.jpg.jpeg

काठमाडौँ। मुगुमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । यस्तै दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका छन्।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मगरका अनुसार सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस छायानाथ रारा नगरपालिका ७ मा दुर्घटनामा परेको हो।

भे १ ख ३१६७ नम्बरको सो बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको छ।

घटना लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले मुगुका सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उद्धारमा जुट्न निर्देशन दिएका छन्।

उनले आवश्यक परे जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर हेलिकप्टर मार्फत घाइतेलाई तत्काल अस्पताल पुर्‍याउन पनि निर्देशन दिएका छन्। गृह मन्त्री खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्र पोखरेललाई घाइतेको उद्धारका लागि समन्वय गर्न निर्देशन दिएका हुन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको र घाइतेहरूको उद्धारको कार्य भइरहेको जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई सुर्खेत लैजाने तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ