चीनको सान्सी प्रान्तमा आँधीबाट १५ जनाको मृत्यु, ३ बेपत्ता
एएनआई, ताइयुआन
प्रकाशित २०७८ असोज २६ मंगलबार
791
Shares
(सान्सी) [चीन] । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ। उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १, २०,१०० जनालाई स्थानान्तरण गरिएको छ।
यसैगरी ३, ३७, ७०० घर भत्किएका भने २, ३८, ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको सिन्ह्वाले जनाएको छ।