काठमाडौं। साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसीपमा उपविजेता बनेको राष्ट्रिय टोली सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो ।
राष्ट्रिय टोलीलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारीसहितको टोली विमानस्थलमा पुगेका थिए । उनीहरुलाई बाजागाजासहित स्वागत गरिएको थियो।
साफ च्याम्पियनसीपको फाइनल खेलमा नेपाली टोली भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो।
नेपाल साफ च्याम्पियनसीपमा फाइनलसम्म पहिलो पटक पुगेको हो।