arrow

बेमौसमी वर्षाले धान बालीमा क्षति 

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक १ सोमबार
bali.JPG

दाङ । साउनमा मानो छरेर मुरी उब्जाउने गरी बर्सभरिको धान वाली भित्र्याउने वेला आइतबार देखि परेको अविरल बेमौसमी वर्षाले धान वाली स्याहार गर्न चटारोमा रहेका किसानहरू यति वेला चिन्तित बन्न पुगेका छन् । 

दसैँ पर्वलाई समेत राम्रो सँग नमनाएर धानवालीलाई भित्र्याउन चटारोमा जुटेका किसानहरू बेमौसमी वर्षाले खेतमा काटेको धान पानीले भिजेपछि चिन्तित हुनुको साथै, क्षति समेत व्यहोर्न पुगेका छन् ।

घरमा बर्सभरिको धान भित्र्याउनका लागि परिवार सबै लागेर हतार-हतारमा धान काट्यौ, तर "बेमौसमी वर्षाले धानवालमा नोक्सान पुर्याउदा लगानी र परिश्रम डुब्यो" दाङको घोराही उपमहापालिका-५ धर्नाका किसान गङ्गा प्रसाद रावतले बताए ।

उनले भने, वर्षा अझै भइरहेको छ, यसै गरी अरू २ दिन सम्म आउने हो भने, धान वाली पूर्ण रूपमा नोक्सान हुन्छ ‌। खेती गर्ने समयमा समयमै मल उपलब्ध नहुँदा मर्कामा परेका हामी किसानहरूलाई थप वर्षाले धान वाली स्याहार गर्ने क्रममा पीडित बनायो ।

अर्का किसान तिलक चौधरीले भने, साहुको वटिया लगाएर 'बर्सभरिको लागि धान भित्र्याउने आशामा थिए', तर के गर्नु बेमौसमी वर्षाले धान वाली बिगार दियो ।" फेरी बेसा (किन्नुपर्ने) लाग्ने भयो ।"

दाङमा धान खेतीलाई भित्र्याउन चटारोमा रहेका किसानहरू बेमौसमी वर्षाले पुर्‍याएको क्षति बारे सम्बन्धित निकायहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । 

उनीहरूले, कृषि पेसामा आउने प्राकृतिक विपद्ले पुर्‍याउने किसानहरूको क्षतिलाई राज्यले सम्बोधन गर्दै, किसानमुखी नीति बनाउनु पर्ने आवश्यकता औँल्याउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ