arrow

पोखरामा कारको ठक्करबाट म्याग्दीका शङ्कर शिर्पालीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
dead2.jpg

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा म्याग्दीका ५५ वर्षीय शंकरबहादुर शिर्पाली रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित शान्ति चोकमा ग३च ४९२२ नम्बरको कारले पैदल यात्री शिर्पालीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

प्रहरीले ठक्कर दिने कार र कारका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ