arrow

ग्याँस ट्यांकर सडकमै पल्टियो, थानकोटमा जाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
accident1.jpg

काठमाडौं । थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भई सडकमै पल्टिएको छ । सोमबार राति पल्टिएको उक्त टयांकर हटाउन नसक्दा सयौं सवारी साधन बाटोमै रोकिएका छन् । हजारौं यात्रुहरु अलपत्र परेका छन् । 

कोही उक्त स्थानबाट हिँड्दै गन्तव्यतिरसमेत लागेका छन् । तर बडादशैंमा गृहजिल्ला गएर कर्मजिल्लामा फर्कनेहरु हजारौंको संख्यामा जाममा परेकाले अप्ठेरोमा परेका छन् । 

धादिङबाट काठमाडौं आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टिएको हो । उपत्यकाबाट बाहिरिने भित्रिनै हजारौं सवारी रोकिएका छन् । 

बाटो खुलाउने प्रयास भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ