कुमारी बैङ्कले काठमाडौँ सिफलमा थप नयाँ शाखा बिस्तार
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
644
Shares
फाइल तस्बिर
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौँ उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। बागमती प्रदेशको काठमाडौँ महानगरपालिका वडा नं. ८, स्थित सिफल शाखा समेत गरी बागमती प्रदेशमा कुमारी बैङ्कका ८४ शाखाहरू पुगेको छ।
नयाँ शाखा कार्यालय मार्फत बैङ्कले ग्राहकहरूलाई अत्याधुनिक बैङ्किङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैङ्किङ इकाईहरू मार्फत अत्याधुनिक बैङ्किङ सेवा दिंदै आएको छ।