arrow

सुदूरपश्चिमः थप २६ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
sudurpashchim-corona-1619919718.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८९ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

एक्काइस जनामा पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल २० र डडेल्धुरा अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत बाजुराका तीन र बैतडीका  दुई जनामा संक्रमण देखिएको हो ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । 

यसअघि यस प्रदेशमा बिहीबार २०  जनामा संक्रमण पुष्टि हुँदा १९  जना डिस्चार्ज भएका  थिए ।  रासस,



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ