arrow

विश्वकप क्रिकेट: बङ्गलादेश विरुद्ध श्रीलङ्का विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
icc-t20-world-cup.jpg

काठमाडौं। आइसिसी पुरुष टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। समूह एकको खेलमा पहिलो खेलमा विजयी हुँदै श्रीलङ्काले दुई अङ्क हासिल गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। बङ्गलादेशका लागि मोहम्मद नईबले सर्वाधिक ६२ रन बनाएका थिए भने मुश्फिकुर रहिमले ५७ रनको योगदान दिएका थिए।

जवाफमा ब्याटिङ गर्न ओर्लेको श्रीलङ्काले १८.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाउँदै जित हासिल गर्‍यो। श्रीलङ्काका चरिथ असलंकाले ५४ बलमा ८० रन बनाउँदै जित सहज बनाएका थिए। उनले ४९ बलमा ५ छक्का र ५ चौका प्रहर गरेका थिए। 

त्यसैगरि भानुका राजपाक्षले ३१ बलमा ५३ रनको योगदान दिएका थिए। बङ्गलादेशका नासुम अहमद र शाकिब अल हसनले २-२ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच चरिथ असलंका घोषित भए। 



नयाँ