arrow

अर्को सवारीलाई उछिन्ने क्रममा सडकबाट बस खस्यो : घाइते मध्ये दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
accident1.jpg

पाँचथर । फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरूलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । 

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पतालमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । 

फिदिम-४ शिवादोभानबाट झापाका लागि छुटेको को १ख ३८६५ नम्बरको बस बिहान करिब ११:३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ