arrow

बस दुर्घटनाका मृतकको सङ्ख्या चार पुग्यो

घाइतेको उद्धारका लागि सेनाको हेलिकोप्टर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
accident-final.jpeg

पाँचथर । पाँचथरको सिवा दोभान बाट फिदिम तर्फ आउँदै गरेको  बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

दुर्घटनामा पर्दा मोरङको लेटाङ घर भएका प्रज्वलन मगर, पाँचथर कुम्मायक माइती भएकी २३ वर्षीय प्रमीला देवान र उनका ७ महिनाका छोरा निश्चल देवान छन् ।

बाँकी एक जनाको पहिचान भएको छैन । दुर्घटनामा परेका चालक सोमबहादुर राई सहित ६० जना घाइते छन् । घाइते मध्ये २० को अवस्था चिन्ताजनक छ ।

घाइते मध्ये गम्भीर अवस्थाका १० जनालाई पाँचथरबाट झापा र मोरङका अस्पतालमा रेफर गरिएको छ । 

घाइतेको उद्धारका लागि काठमाण्डौबाट नेपाली सेनाको हेलिकोप्टर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस सिवा दोभानबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम ४ स्थित मध्य पहाडी लोक मार्गको सगरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

अन्य सामान्य घाइतेहरूको फिदिम स्थित जिल्ला अस्पताल पाँचथर,समर्पित अस्पताल तथा पाथीभरा हस्पिटलमा उपचार भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ